कोरोना जित्न सफल भइन अभिनेत्री निरिशा बस्नेत



फिल्म ‘जानी नजानी’ अभिनेत्री निरिशा बस्नेत कोरोना मुक्त भएकी छन् । हाल मुम्बईमा रहेकी निरिशाले साता अगाडी आफु कोरोना भाइरसबाट संक्रमित भएको खबर दिएकी थिइन् ।

साता लामो उपचारपछि उनि कोरोना मुक्त भएको उनका पिता विश्व बस्नेतले जानकारी दिएका छन् । छोरी कोरोना मुक्त भएपछी उनले खुसि व्यक्त गर्दै शुभचिन्तकहरुलाई धन्यवाद भनेका छन् ।

कोरोना मुक्त भएपछी अस्पतालले उनलाई डिस्चार्ज पनि गरिसकेको छ । उनि क्वारेन्टाइनबाट घर फर्किसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्