आफुलाई माया र साथ दिनेहरुका लागि अशोक दर्जीको ‘प्रणाम’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – बालगायक अशोक दर्जीले नयाँ गीत ‘प्रणाम’ दर्शक माँझ ल्याएका छन् । आफ्नो एकल स्वरमा अशोकले आफुलाई यसस्थानसम्म पुर्याउने दर्शक तथा श्रोतालाई गीत मार्फत ‘प्रणाम’ गरेका छन् ।

एउटा साधारण बालकको सफलताको दृश्य भिडियोमा राखिएको छ । गीतमा टंक बुढाथोकीको शब्द र संगीत छ । सार्वजनिक भिडियो कन्सेप्ट तथा निर्देशन पनि टंक स्वयम्को हो ।

भिडियोमा नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन छ ।

सार्वजनिक गीतले छोटो समयमै १० लाख बढी भ्युज पाइसकेको छ । यस्तै यो गीत युट्युब ट्रेन्डिङको तेस्रो नम्बरमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्