जातीय विभेदविरुद्द प्रताप दास र चिरन्जीवीको ‘जात’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक प्रताप दास र संचारकर्मी चिरन्जीवी सापकोटा (जीबी चिरन)ले नयाँ गीत ‘जात’ सार्वजनिक गरेका छन् ।

जातीय विभेद गर्न हुँदैन भन्ने भाव बोकेको गीतमा प्रताप, चिरन्जीवी र प्रविण भट्टको स्वर छ । ललित पौडेलको शब्द सिर्जनामा ओम सुनारको संगीत छ ।

चिरन्जीवीकै निर्देशक रहेको भिडियोमा गीता ढुंगाना, अभी सुनार र रविन्द्र सुवेदीको अभिनय छ ।

बिपी फिल्मस् नेपालले तयार गरेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायांकन र दिन्सोन शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्