त्रिशाको निर्देशनमा अकेशाको ‘नाम मेरो लाली’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – संचारकर्मी त्रिशा केसीले निर्देशन गरेको पहिलो म्युजिक भिडियो ‘नाम मेरो लाली’ सार्वजनिक भएको छ । यस बालगीतमा चर्चित टिकटकर अकेशा पोखरेल र उनका साथीहरुले अभिनय गरेका छन् ।

गीतको भाव अनुसारको म्युजिक भिडियो तयार गरेको कोरियोग्राफर पनि रहेकी त्रिशाले बताइन ।

अम्बिका गुरुङको शब्द सिर्जनामा तयार गीतमा राजन कार्कीको संगीत र रबिना बसेलको स्वर छ । संदेश शर्माले खिचेको म्युजिक भिडियो प्रवेश सिंहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्