म्युजिक भिडियोमा प्रदीप, यस्तो छ टिजर



रंगखबर, काठमाडौँ – अभिनेता प्रदीप खड्का अभिनित देशभक्ति गीत ‘जय जय नेपाल’को टिजर रिलिज गरिएको छ । लकडाउन मै प्रदीपले अभिनय गरेको म्युजिक भिडियो हो । यसअघि प्रदीपले म्युजिक भिडियोमा काम गरेका थिएनन ।

गीतमा प्रदीप भिन्न अवतारमा प्रस्तुत भएका छन् । उक्त अवतारमा उनि प्रभावशाली देखिएका छन् ।

सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेले आवाज दिएको गीतमा प्रदीपसँगै नीति शाहको पनि अभिनय छ । तर, नीतिलाई टिजरमा स्थान दिइएको छैन ।

अशोक शेरचनको शब्द रचना र एलिश कार्कीको संगीत रहेको गीतको भिडियोमा रुपेश थापाको छायांकन/सम्पादन र नितिन चन्दको निर्देशन छ ।

https://youtu.be/Y4SMmw8Ie0I

प्रतिक्रिया दिनुहोस्