साम्राज्ञीलाई भुवनको कडा जवाफ, ‘सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गर्नु नि’



रंगखबर, काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले छायांकनको क्रममा भोगेका नमीठा अनुभवको जवाफ दिदै अभिनेता भुवन केसीले कडा स्टाटस लेखेका छन् । उनले साम्राज्ञीलाई केन्द्रित गर्दै ‘जुन थालमा खाने त्यहि थालमा दुलो पार्ने’ भन्दै आक्रोस व्यक्त गरेका छन् ।

भुवन लेख्छन ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

साम्राज्ञीले केहि दिन अगाडी करिअरका ८ फिल्ममा काम गर्दा ३ फिल्मका मेकर र निर्देशकबाट नराम्रो व्यवहार सहनु परेको बताएकी थिइन् । उनको बोलि भुवनको डेब्यु निर्देशन ‘ड्रिम्स’प्रति ज्यादा लक्षित थियो । ‘ड्रिम्स’बाटै डेब्यु गरेकी साम्राज्ञीले यसअघि पनि अभिनेता अनमोल केसी र आफु बीच गरिने भेदभावका कुरा बाहिर ल्याएकी थिइन् ।

पछिल्लो समयमा नेपालमा ‘नेपोटिज्म’ र ‘ग्रुपनिज्म’को बहस चर्किरहेका बेला साम्राज्ञीले आफुले काम गरेका तीन ठुला व्यानरबाट नराम्रो व्यवहार सहनु परेको बताइएकी थिइन् ।

के भनेकी थिइन् साम्राज्ञीले ? 

‘१७ वर्षको उमेरमा मैले फिल्ममा डेब्यू गरेको थिएँ । त्यसबेला धेरैले मलाई फिल्म क्षेत्र सानो छ, कति कुराहरु बाहिर ल्याउनुहुन्न भन्नुहुन्थ्यो । यसो गर्दा काम नपाउने भन्ने कुरा हुने गर्थ्यो । मैले जति पनि ब्यानरसँग काम गरेँ, तीमध्ये धेरैसँग दोहोर्‍याएर काम नगर्नुको कारण उहाँहरुले गर्ने ब्यवहार नै हो । एउटा कलाकारले पाउनु पर्ने सानो सम्मान पनि यहाँ पाइँदैन ।

म माथि कयौँ पटक शोषण पनि भएको छ । तर, ति सबै कुरा भुलेर मुहारमा हाँसो ल्याएर मैले काम सकाउथ्ये । कति पटक त छायांकन स्थलमा पानी माग्दा निर्माता/निर्देशकले अपशब्द बोल्थ्ये ।

उनले अगाडि भनेकी छन्, ‘सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता/निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु ।’

साम्राज्ञीको भिडियो:-

प्रतिक्रिया दिनुहोस्