बलिउड स्टारका ७ फिल्म ओटिटि प्लेटफर्ममा रिलिज हुने



लकडाउनका कारण हल अनिश्चितकालका लागि बन्द भएपछी बलिउडका केहि ठुला फिल्म ओटिटि प्लेटफर्ममा रिलिज भैसकेका छन् । भने, केहि रिलिजको तयारीमा छन् ।

यस्तै डिज्नी प्लस हटस्टारले चार महिनाको बीचमा ७ ठुला फिल्म रिलिजको घोषणा गरेको छ । यो सुचीमा अक्षय कुमार, अजय देवगण, संजय दत्त, अलिया भट्ट, अभिषेक बच्चन, विद्युत जम्म्वाल, सुशान्त सिंह राजपुत, कुनल खेमुलगायतका फिल्म छन् ।

अक्षय कुमार स्टारर ‘लक्ष्मीबम्ब’, अजय देवगण र संजय दत्तको ‘भुज’, संजय दत्त, अलिया भट्ट, आदित्य रोय कपूर स्टारर ‘सडक २’, अभिषेक बच्चन, इलियाना डिक्रुज स्टारर ‘द बिग बुल’, स्वर्गीय सुशान्त सिंह राजपुत स्टारर ‘दिल बिचारा’ डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछन ।

यस्तै विद्युत जम्म्वाल स्टारर ‘खुदा हाफिज’,  र कुनाल खेमुको ‘लूटकेश’ पनि डिज्नी प्लस हटस्टार मै रिलिज हुनेछन ।

बक्सअफिसमा सय, दुई सय करोड कमाउने फिल्म पनि हल बन्द भएको बेला ओटिटि प्लेटफर्ममा धमाधम रिलिज हुन् थालेपछि बलिउडका हल संचालक र वितरकले निराशा पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्