तेञ्जुको निर्देशनमा गायिका कुन्ती मोक्तानको नयाँ गीत रिलिज



रंगखबर, काठमाडौँ – गायिका कुन्ती मोक्तानको नयाँ गीत ‘घाम जुन बाँकी छ’ रिलिज भएको छ । सेलो भाकाको गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र कलाकार दिक्पाल कार्कीले अभिनय गरेका छन् ।

दिनेश अधिकारीको शब्द रचनामा शिला बहादुर मोक्तानले संगीत भरेका छन् । दिपेन बस्नेतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोमा अशोक रोकाले मेकअपको काम गरेका छन् ।

गीतको भिडियो निर्देशन तेञ्जु योञ्जनले गरेका हुन् । सानै उमेरदेखि गायिका कुन्तीको प्रशंसक बताउने तेञ्जुले उनकै भिडियो निर्देशन गर्न पाउँदा सपना पुरा भएको बताएका छन् ।

‘बच्चा बेला कुन्ती म्यामको गीतमा नाच्दै बित्यो । अहिले पनि उहाँको गीतहरु एकदमै मन पर्छ । म्यामले दिनु भएको अवसरको लागि धन्यवाद । उहाँसँग काम गर्ने एउटा सपना पुरा भएको छ ।’ तेञ्जुले खुसि व्यक्त गर्छन ।

प्रतिक्रिया दिनुहोस्