तिहार र क्रिसमसमा रिलिज हुने भए ‘सूर्यवंशी’ र ‘८३’



कोरोना भाइरसको प्रभावले विश्वका सम्पूर्ण फिल्म क्षेत्र अहिले ठप्प छन् । हल बन्द हुँदा रिलिजको लागि तयार फिल्महरु लगालग ओटिटि प्लेटफर्ममा रिलिज हुँदैछन् ।

हलमा फिल्म रिलिजको टुंगो नलाग्दा हैरान भएका दर्शकका लागि भने खुसिको खबर बाहिरिएको छ । बलिउडका बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ र ‘८३’ले नयाँ रिलिज डेट पाएका छन् ।

अब अक्षय कुमार, कट्रिना कैफ स्टारर ‘सूर्यवंशी’ दिवाली (तिहार)मा रिलिज हुनेछ । रोहित सेट्टीले निर्देशन गरेको यो कप्स ड्रामा दर्शक माँझ प्रतिक्षित छ । फिल्मको ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाएको थियो ।

यसअघि मार्च २४ मा रिलिज हुन् लागेको फिल्म अब झन्डै ८ महिनाको पर्खाइपछि दर्शकले हेर्न पाउने छन् ।

यस्तै १९८३ को विश्वकपमा आधारित ‘८३’ यसै वर्षको क्रिसमसमा रिलिज हुनेछ । कविर खान निर्देशित फिल्ममा रणवीर सिंहले पुर्वक्रिकेटर कपिल देवको भूमिका निर्वाह गरेका छन् । भने, दीपिका पादुकोणलाई रणवीरको अपोजिट देख्न सकिनेछ ।

यसअघि अप्रिल १० मा रिलिज हुने भनिएको यो फिल्ममा पनि झन्डै ८ महिना पछाडी रिलिज हुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्