अगस्तबाट छायांकनमा जाँदै अक्षयको ‘बेल बटम’



कोरोना भाइरसले नेपाली फिल्म क्षेत्र ठप्प भएपनि बलिउड भने विस्तारै थिग्रिदै छ । रिलिज रोकिएका केहि फिल्मले प्रदर्शनको तयारी गर्दैछन् । भने, केहि छायांकनको क्रममा छन् ।

यस्तै अक्षय कुमारको फिल्म ‘बेल बटम’ पनि आगामी महिनादेखि विदेश छायांकनमा निक्लिने भएको छ । रञ्‍जित एम तिवारीले निर्देशन गर्ने यो फिल्मको अगस्त महिनादेखि युकेमा छायांकन हुनेछ । लकडाउन पछाडी विदेशमा छायांकन हुने यो नै पहिलो बलिउड फिल्म बन्नेछ ।

स्मरण रहोस भारत र युके कोरोनाका अति प्रभावित देश हुन् । विश्वका कोरोनाका धेरै संक्रमित रहेको देशमा भारत तेस्रो नम्बरमा छ । भने, युके आठौँमा ।

२०२१ को अप्रिल २ रिलिज मिति तोकिएको फिल्ममा अक्षयका अलावा वाणी कपूर, हुमा कुरेशी, लारा दत्तलगायतका कलाकारको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्