अमेजन प्राइममा रिलिज भयो ‘चिनी कम रंग कडा’



नेपाली फिल्म ‘चिनी कम रंग कडा’ अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । हाललाई यो फिल्म अमेरिका र बेलायतमा मात्र हेर्न मिल्छ । नेपालका लागि भने केहि समयपछि प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ ।

मानव सुवेदी, सुशील सिटौला, अनु थापा, रविनजंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायातका कलाकारले अभिनय गरेको फिल्मका ट्रेलर र गीत युट्युबमा रिलिज भैसकेका छन् ।

विवेक घिमिरेले निर्देशन गरेको फिल्ममा गणेशदेव पाण्डेको लगानी तथा लेखन छ । फिल्ममा मानव सुवेदीको संगीत, याचोपो रचलिक/लुका मौचेरीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्