पहिलो म्युजिक भिडियो बाटै एलिजाको चौतर्फी तारिफ



रंगखबर, काठमाडौँ – नायिका एलिजा गौतम अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। गत बर्ष ‘अनुराग’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेकी एलिजाको “आधी कपाल” बोलको गीत सार्वजनिक भएसँगै उनको धेरैले चर्चा गर्न थाली सकेका छन। उनि अभिनित पहिलो म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डीङ्गमा उकालो लाग्ने क्रममा छ। यो समाचार बनाउँदा सम्म गीत ट्रेन्डीङ्ग ४ का साथै करिब ६ लाख पटक हेरिसकिएको छ।

गीतलाई पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारीले आवाज दिएका छन।  गीतमा एलिजालाई दुर्गेश थापाले उस्तै अभिनयमा साथ् दिएका छन। गीतमा बाल गायिका आयुसा गौतमको पनि  अभिनय रहेको छ।

भिडियो हेर्नुस :- 

 

खेम सेंचुरिको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन्। ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ। गीतमा सबै पाटो उत्कृष्ट भएकै कारण हुन सक्छ छोटो समयमै उक्त गीतको केहि टुक्का टिकटक तिर भाइरल छन।

 

 

प्रतिक्रिया दिनुहोस्