इन्स्टाग्राममा प्रियंका र अदितिको कडा प्रतिस्पर्धा, दुवैले पुर्याए १० लाख फलोअर्स



रंगखबर, काठमाडौँ – अभिनेत्री प्रियंका कार्की र अदिति बुढाथोकीले सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स पाएका छन् । फोटोहरुको सञ्जाल इन्स्टाग्राममा १० लाख (१ मिलियन) माथि फलोअर्स कमाउने यी पहिलो दुई अभिनेत्री बनेका छन् ।

१० लाख फलोअर्सको माइलस्टोन पार गर्ने प्रियंका पहिलो नेपाली कलाकार हुन् । उनले आइतबार यो अंक हाँसिल गरेकी थिइन् । भने, उनलाई पच्छ्यारहेकी अदितिले एक दिनको अन्तरमा १० लाख फलोअर्स पुर्याइन । अब यी दुई बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यी दुवै अभिनेत्री इन्स्टामा हट फोटो हालेका कारण पनि चर्चामा आउने गर्छन । १० लाख फलोअर्स बनेपछि दुवैले आफ्ना शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्