दीपाश्रीलाई राजेशको जवाफ – म चुजी भैदिएको भए ‘गोली सिसाको’मा उहाँ पर्नु हुन्नथ्यो कि ?



रंगखबर, काठमाडौँ – लकडाउनको समयमा नेपाली कलाकारले बोल्ने बेलामा हेक्का नराख्दा गसिप र ट्रोलको पात्र बनिरहनु परेको छ । पछिल्लो समय त झन नेपाली फिल्म क्षेत्र कन्ट्रोभर्सि र विवादै विवादले घेरिएको छ ।

यस्तै अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’को उपाधिमा अभिनेत्री/निर्देशक दीपाश्री निरौलाले प्रश्न उठाएपछि उनि आलोचनाको पात्र बनिन् । एक अन्तर्वार्ताका क्रममा उनले भनेकी थिइन्, ‘महानायक हुनुहुन्छ र ? अमिताभ बच्चनले त उता खेलिरहनु भएको छ नि ! राजेश दाई मात्र महानायक हुनुभयो । त्यहाँ निर्देशक र निर्माता केहि भएनन् । त्यस्तो व्यक्तिले एउटा फिल्म उद्योगलाई हाँकेर लग्नसक्नु पर्छ । फिल्म खेल्न पायो भने खेलिहाल्ने ? त्यसैले अहिले ५२/५३ वर्षमा पनि यो क्षेत्र लिन्ठीङ-लिन्ठीङ हिँडिरहेको छ । म त छनोट गरेर यो क्षेत्रलाई केहि योगदान दिने फिल्म मात्र खेल्छु । एउटा राम्रो फिल्म बनाउने सोच्छु नि त ।’

दीपाले अन्तर्वार्तामा राजेश हमाल अविरल रुपमा क्रियाशील नभएको र लकडाउनको विषम परिस्थितिमा सहयोगी हात अगाडी नबढाएर घरमै थुनिएको भन्दै महानायक हुनुहुन्छ र भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

यो अभिव्यक्तिले सामाजिक सञ्जालमा उनले ठुलो आलोचना थेग्नुपर्यो । यहाँसम्मकी राजेश हमालका फ्यानहरुले अब दीपा-दीपक क्याम्पका फिल्म नहेर्नेसम्मका प्रतिक्रिया दिए । धेरै नै आलोचना भएपछी दीपाले फेसबुकमा स्टाटस लेख्दै माफि पनि मागिन् ।

यस विषयमा मौन रहेका हमाल अन्तत बोलेका छन् । एक अनलाइन युट्युबमा दिएको अन्तर्वार्तामा हमालले दीपाको नाम नलिइएरै भनेका छन्, ‘यदि उहाँले यस क्षेत्रलाई अलिकति गहिराईमा बुझेर बोलेको भए त्यस्तो फितलो अभिव्यक्ति आउँदैनथ्यो होला ।’

उनि अगाडी भन्छन, ‘कला क्षेत्रमै केहि गरिरहनु भएको उहाँलाई शुभकामना दिन चाहन्छु, दोस्रो कुरा उहाँमा खै के अन्यौलता छ । मलाई सम्मान नगरेपनि कलाकारिता क्षेत्रलाई त सम्मान गर्नुहुन्छ होला नि ? र कलाकारिता क्षेत्र आफैमा क्षेत्र बन्दैन । विगत र वर्तमानमा केहि व्यक्तित्वहरुको योगदानले क्षेत्र बन्छ । त्यसैले ति व्यक्तिहरुको सम्मान र कदर हुनुपर्छ । उहाँले जुन कलाकारिता क्षेत्रको कदर गर्नुहुन्छ, त्यो यतिकै बनेको होइन । फुटबल खेलाडी बन्ने तर खेल मैदान कसले/कसरी बनायो भन्ने हेक्का नपुर्याउदा तपाई प्रतिउत्पादक बन्नुहुन्छ ।’

‘त्यसैले अलिकति गहिराइमा गएर बोलेको भए, पछि स्पष्टिकरण दिनलाई रामायणदेखि महाभारतसम्म कोट्याउनु पनि पर्दैनथ्यो ।’

यस्तै राजेश अगाडी थप्छन, ‘ए राजेश हमालले जथाभावी फिल्म खेल्यो, छनोट गरेंन भन्नेप्रति म के भन्न चाहन्छु भने, ‘कुनै पनि व्यक्तिले नेपाली फिल्मको इतिहास बुझ्न जरुरी छ । हाम्रो इतिहास न त बलिउडसँग मिल्छ, न त हलिउड । मैले प्रवेश गर्दासम्म विरलै फिल्म बन्थ्ये । मैले पहिलो फिल्म खेल्दा दोस्रो बन्ला कि नबन्ला भन्ने दोधार हुन्थ्यो । व्यवसायिक हिसाबमा यो क्षेत्रमा लाग्न सकिन्छ भन्ने त कुनै ठेगान नै थिएन । रुचिमा मात्र अडिग रहेर तपाई धेरै बेर टिक्न सक्नुहुन्न पनि ।’

त्यसैले सुरुवातमा यस क्षेत्रलाई कसरी व्यवसायिक बनाउन सकिन्छ होला भन्ने मनोविज्ञानबाट म आएको थिएँ । प्यासन आफ्नो ठाउँमा थियो तर प्यासनलाई कसरी पेसामा परिवर्तन गर्ने भन्ने चुनौती थियो । जब मेरो २-४ वटा फिल्म सफल भयो, त्यसपछि नेपालमा अब यो फलानोलाई लिएर धेरै नै फिल्म बनाउनु पर्छ भन्ने मेकरहरुको सोच पलाउन थाल्यो । अनि मेरो प्रथामिकता ‘अब यस क्षेत्रलाई विस्तार गर्नुपर्छ’ भावना जाग्यो । विस्तार गर्नलाई त फिल्म बनाउनेलाई प्रोत्साहन गर्नुपर्यो नि होइन ?’ हमाल प्रतिप्रश्न गर्छन ।

‘म चल्न थालेपछि १० जना मध्ये, होइन म २ जनाको मात्र फिल्म गर्छु भनेको भए त यो क्षेत्र विस्तार हुने नै थिएन । मैले दश जनाको फिल्म खेल्दा त्यसमा जोडिएर आउने धेरैले रोजगारी पाउनु हुन्थ्यो । यदि म त सुपरस्टार हो । मैले चुज गरेर मात्र फिल्म खेल्छु भनेको भए जो व्यक्तिले अभिव्यक्ति दिनु भएको छ । उहाँ नै ‘गोली सिसाको’ गर्दा पर्नु हुन्नथ्यो कि ?

प्रतिक्रिया दिनुहोस्