‘पिरिम नलाउने’ अगाडीको भाग ‘गलबन्दी पच्छ्यौरी’ रिलिज ~ भिडियो ~



रंगखबर, काठमाडौँ – दुई वर्ष अगाडी रिलिज भएर युट्युबमा सुपरहिट बनेको गीत ‘पिरिम नलाउने’को प्रिक्वेल स्वरुप ‘गलबन्दी पच्छ्यौरी’ रिलिज गरिएको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको यो म्युजिक भिडियोलाई ‘पिरिम नलाउने’ अगाडीको कथासँग जोडिएको छ ।

दीपक शर्माको शब्द/संगीत रहेको गीतमा मेलिना राई र आशिष सचिन (गौतम)ले स्वर भरेका छन् । ‘पिरिम नलाउने’का सर्जक पनि यिनै हुन् । गीतको भिडियोमा आशिष सचिनसँगै वर्षा राउत, रेश्मा घिमिरे, म्याकुरी, अर्बिन खड्का, आर्शिना भट्टराईलगायतले अभिनय गरेका छन् ।

मेलाको रमाइलो सेटमा छायांकन गरिएको भिडियोमा वैदेशिक रोजगारले प्रेममा पुर्याउने बाधा देखाउन खोजिएको छ । अर्जुन तिवारी र उनको टिमले खिचेको गीतलाई नविन निरौलाले सम्पादन गरेका छन् ।

यहि टिमले बनाएको अघिल्लो गीत ‘पिरिम नलाउने’लाई युट्युबमा ६ करोड ४४ लाख बढी पटक हेरिएको छ । युट्युबमा सर्वाधिक हेरिने नेपाली भिडियोको तेस्रो स्थानमा यो गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्