अनुपम खेरको परिवार पनि कोरोनाको चपेटामा, देखियो तीन जनामा संक्रमण



बलिउडमा कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । दुई महिना अगाडी पहिलो पल्ट गायिका कनीका कपूरमा संक्रमण देखिएको थियो । उनि अहिले कोरोना मुक्त भैसकेकी छन् ।

यस्तै पछिल्लो दुई दिन भित्रमा महानायक अमिताभ बच्चन, अभिनेता अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनमा कोरोनाको संक्रमण देखियो ।

यस्तै आइतबार अभिनेता अनुपम खेरले आफ्नो घरमा पनि कोरोनाले प्रवेश गरेको जानकारी दिए । अनुपमका घरका तीन जनामा कोरोना संक्रमण देखिएको छ । उनले दिएको जानकारी अनुसार आमा दुलारी खेर, उनकी भाउजु र भान्जीमा कोरोना पोजेटिभ देखिएको हो ।

अहिले तिनै जनालाई मुम्बईस्थित एक अस्पतालको आइसोलेसनमा राखिएको छ । अनुपमलाई भने संक्रमण देखिएको छैन । खबर बाहिरीएपछि पत्नी किरण खेरलाई स्वास्थ्य लाभको शुभकामना दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्