बच्चन फ्यामिलीको सम्पर्कमा आएका २६ जनामा देखिएन संक्रमण



कोरोना संक्रमित अमिताभ बच्चनको परिवारसँग सम्पर्कमा आएका ५४ जना मध्ये २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार स्वाब संकलन गरिएका सबै २६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बाँकी, २८ जनाको टेस्ट हुन् बाँकी छ । शनिबार अमिताभसँगै छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएपछि ‘बिएमसी’ले यस परिवारको सम्पर्कमा आएका ५४ जनाको सुची तयार गरेको थियो ।

आइतबार बच्चन परिवारका दुई जना सदस्य अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनमा पनि संक्रमण देखिएको थियो । भने, अभिनेत्री जया बच्चनको रिपोर्ट नेगेटिभ आएको थियो ।

अहिले अमिताभ र अभिषेकलाई मुम्बईस्थित नानावटी अस्पतालको आइसोलेसनमा राखिएको छ । भने, ऐश्वर्या र आराध्या होम आइसोलेसनमा छन् । चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कोरोना नेगेटिभ पाइएका बाँकी २६ जनालाई पनि १४ दिनको लागि क्वारेन्टाइनमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्