शिशिरले ल्याए ‘फोटो फिरिममा’को मार्मिक भर्सन ~ भिडियो ~



रंगखबर, काठमाडौँ – कलाकार तथा संचारकर्मी शिशिर भण्डारीले केहि समय अगाडीको हिट गीत ‘फोटो फिरिममा’लाई नयाँ भर्सनमा तयार गरेका छन् ।

शिशिरकै शब्द तथा संगीतमा तयार गीतमा प्रताप दासले स्वर दिएका छन् । यसको ओर्जिनल भर्सनमा रचना रिमालको आवाज थियो ।

शिशिरकै कन्सेप्टमा तयार गीतको भिडियो मार्मिक बनेको छ । भिडियो निर्देशन भने सागर बाबु भट्टले गरेका हुन् । भिडियोमा शिशिरसँगै रिस्ता बस्नेत, निक्स शर्मा, श्रद्दा गौतम, निरयु गौतम, निर्मल न्यौपानेले अभिनय गरेका छन् ।

अनिल के मानन्धरले खिचेको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन् । गीतका निर्माता मुस्कान दाहाल हुन् ।

प्रतिक्रिया दिनुहोस्