‘शकुन्तलादेवी’ ट्रेलर रिलिज, विद्या वालनको उम्दा अभिनय ~ भिडियो ~



विद्या वालन स्टारर फिल्म ‘शकुन्तलादेवी’को ट्रेलर रिलिज भएको छ । अनु मेनोन निर्देशित फिल्मको ट्रेलर दमदार बनेको छ । फिल्ममा विद्याले ‘हुमन कम्प्युटर’को नामले प्रख्यात भारतीय गणितिज्ञ शकुन्तलादेवीको भूमिका निर्वाह गरेकी छन् ।

ट्रेलरमा शकुन्तलादेवीले महान गणितिज्ञ बन्न गर्नु परेको संघर्षलाई देखाइएको छ । आफ्नो बौद्दिकताले लण्डनसम्मको यात्रा तय गरेकी शकुन्तलादेवीले १९८२ मा गिनिज बुकमा पनि नाम लेखाएकी थिइन् ।

पात्रलाई बखुबी निभाउन सक्ने विद्या शकुन्तलादेवीको भूमिकामा पनि खरो उत्रिएकी छन । उनको स्वत्रन्त्र छविले दर्शकको मन जित्छ । फिल्ममा विद्याको छोरीको भूमिका सान्या मलहोत्राले निर्वाह गरेकी छन् । यो फिल्म ३१ जुलाईमा अमेजन प्राइमबाट प्रिमियर हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्