‘मायालु तिमि २’मा जमेको पल र स्वस्तिमाको केमेस्ट्री ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गत वर्षको सुपरहिट गीत ‘मायालु तिमि कता छौँ’को दोस्रो भाग स्वरुप ‘मायालु तिमि २’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीले संगीत भरेको गीतमा अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् ।

दिनेश थपलियाको शब्द रचना रहेको गीतमा संगीतकार राजनराज र गायिका स्मिता दाहालको स्वर छ । यहि टिमले ‘मायालु तिमि कता छौँ’ सिर्जना गरेको थियो ।

सरोज ओलीको निर्देशनमा तयार गीतमा बालकलाकार एञ्जल राई र अर्बिन खड्काले पनि अभिनय गरेका छन् । विक्रम स्वाँरले कोरियोग्राफी गरेको गीतमा नवराज उप्रेतीको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

सुपरहिट गीत ‘मायालु तिमि कता छौँ’लाई युट्युबमा २ करोड भन्दा बढी पटक हेरिसकिएको छ । सार्वजनिक नयाँ गीतले पनि दर्शकको राम्रो साथ पाउने निर्माण पक्षको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्