१६ जना गायक र गायिका गाएको देशभक्ति गीत रिलिज ~ भिडियो ~



रंगखबर, काठमाडौँ – १६ जना लोकप्रिय गायक/गायिकाले गाएको देशभक्ति गीत ‘मेरो देश नेपाल’ रिलिज भएको छ ।

अर्जुन पोखरेलले संगीत भरेको गीतमा राजेशपायल राई, प्रमोद खरेल, राज सिग्देल, राजु परियार, अर्जुन पोखरेल, मेलिना राई, कृष्ण काफ्ले, अनिता चलाउने, बुद्ध लामा, निशान भट्टराई, किरण भुजेल, अस्मिता अधिकारी, प्रविण बेडवाल, समिक्षा अधिकारीले स्वर भरेका छन् ।

अम्बिका शर्माको शब्द रचनामा तयार गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका छन् । निर्देशक कार्की राष्ट्रभाव बोकेको गीत दर्शक रुचाउने विश्वास व्यक्त गर्छन ।

भुषण दाहालले न्यारेसन दिएको म्युजिक उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन छ । डिभाइन म्युजिक र नेपसिनेले यो गीत निर्माणमा सहकार्य गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्