पासपोर्टको विषयमा स्वस्तिमाको आपत्ति, श्याम भट्टराईले दिए स्पष्टिकरण



रंगखबर, काठमाडौँ – निर्देशक तथा अभिनेता निश्चल बस्नेतले पाँच वर्ष अगाडी ‘नेपालमा स्टार र सुपरस्टार कलाकार नै छैनन्’ भनेको अन्तर्वार्ताको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । यहि विवादित बोलीलाई लिएर केहि फिल्मकर्मीले निश्चललाई निसाना बनाइरहेका छन् ।

केहि दिन अगाडी यहि भिडियोको बारेमा अमेरिकाबाट निर्देशक श्याम भट्टराईले आक्रोशपूर्ण स्टाटस लेखे । ‘राजेश हमालको हैसियतमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो ? तिमी र तिम्रो श्रीमतिको पासपोर्टको कपी पनि मसँगै छ, धेरै नबोल ।’

श्यामको यस्तो स्टाटसपछि आफुलाई धेरैले ‘पासपोर्ट काण्ड के हो’ भन्दै सोधेको कुरा उल्लेख गर्दै अभिनेत्री स्वस्तिमा खड्काले आपत्ति जनाएकी छन् । उनि लेख्छिन ‘अमेरिकामा बस्दै आउनुभएका साथै ग्लोबल फिल्म अवार्डका आयोजक समेत रहनु भएका एक व्यक्तिले केही दिन अघि एउटा स्टाटस लेख्ने क्रममा “तिम्रो र तिम्रो बुढीको पासपोर्ट कपी मैसँग छ धेरै नबोल” भनेर धम्की पूर्ण स्टाटस लेख्नुभएको थियो । त्यो स्टाटस र विषय अलग थियो होला तर…

धेरै जनाले पासपोर्टको विषयलाई लिएर ‘ पासपोर्ट काण्ड के हो भनेर प्रश्न गरिरहनु भएको छ ? ‘ मैले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गलत प्रवृत्ति हो, त्यसरी प्रोफेसनल कामको लागी पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो । उहाँ जस्तो प्रठिस्थित अवार्डको आयोजकबाट मैले यस खाले गतिविधिको अपेक्षा गरेको थिइन् । ‘

उनले आगामी दिनमा कलाकारहरुले कामको लागि पठाएको ‘पर्सनल इन्फरमेसन’को गलत प्रयोग नहुने आशा पनि व्यक्त गरेकी छन् ।

स्वस्तिमाको स्टाटसपछि निर्देशक भट्टराईले आफ्नो गलत नियम नभएको र एउटा नयाँ निर्देशकले पुराना कलाकारको सम्मान नगर्दा आफुलाई असह्य भएको पनि जानकारी दिएका छन् ।

यस्तो छ श्यामको स्पष्टिकरण:-

निश्चलले बोलेको भिडियो:-

प्रतिक्रिया दिनुहोस्