दीपिका र प्रभासले पहिलो पटक जोडी बाँध्दै



बलिउड बक्सअफिस क्विन दीपिका पादुकोणले साउथका सुपरस्टार प्रभाससँग स्क्रिन शेयर गर्ने भएकी छन् । दीपिका आफैले इन्स्टाग्राममा खबर राख्दै यस कुराको पुष्टि गरेकी हुन् ।

वीजयंती मुभिजले प्रभास र दीपिकालाई पहिलो पटक आफ्नो व्यानरमा भित्र्याएको हो । यसअघि यो व्यानरबाट बलिउडका श्रीदेवी, प्रिती जिन्टा, शिल्पा सेट्टी, भूमिका, नेहा शर्मा, इलियाना डिक्रुज, पूजा हेगडे जस्ता अभिनेत्रीहरु काम गरिसकेका छन् ।

यो खबरपछि दीपिका र प्रभासका फ्यान उत्साहित देखिएका छन् । ‘प्रभास२१’ वर्किङ टाइटल राखिएको यो फिल्मको नाममा अहिले ट्वीटरमा लाखौँ पटक ह्याजट्याग भैसकेको छ ।

निर्देशक नाग आश्विनले दीपिका र प्रभासको साझेदारी ऐतिहासिक सावित हुने दावी गरेका छन् ।

दीपिकाको पछिल्लो रिलिज ‘छपाक’ले बक्सअफिसमा घुडा टेकेको थियो । यस्तै प्रभासको ‘साहो’ले पनि सोचेअनुरुपको व्यापार गर्न सकेन । अहिले दीपिकाको फिल्म ‘८३’ रिलिजको तयारीमा छ । यो फिल्ममा उनले अभिनेता रणवीर सिंहसँग पाचौँ पटक स्क्रिन शेयर गरेकी छन् ।

यस्तै प्रभासको ‘राधेश्याम’ पाइपलाइनमा छ । फिल्ममा अभिनेत्री पूजा हेगडेसँग उनले जोडी बाँधेका छन् ।

प्रतिक्रिया दिनुहोस्