आयो मीना र मञ्जुको तीज गीत ~ भिडियो ~



रंगखबर, काठमाडौँ – पार्श्वगायिका मीना निरौला र लोकगायिका मञ्जु पौडेलले यो वर्षको तीजको लागि नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नै संगीतमा गीत तयार गरेकी मञ्जुले गायनमा मीनासँग सहकार्य गरेकी हुन् ।

‘तिजैमा’ बोलको गीतमा दिग्गज धौरालीको शब्द रचना छ । दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेको गीतको भिडियोमा मीना र मञ्जुसँगै इन्दु, रश्मी र भावना पनि फिचर्ड छन् ।

तीजमा दिदि-बहिनिको बलियो सम्बन्ध देखाउन खोजिएको गीतको भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्