हरर कमेडी ‘फोनभूत’मा कट्रिना, इशान र सिद्धान्त फाइनल



अभिनेत्री कट्रिना कैफ र अभिनेताद्वय इशान खट्टर, सिद्धान्त चतुर्वेदी पहिलो पटक सँगै स्क्रिनमा देखिने भएका छन् । यी तीन कलाकारलाई लिएर रितेश सिद्वानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टले हरर कमेडी फिल्म ‘फोनभूत’ निर्माण घोषणा गरेका हुन् ।

‘गली व्वाय’ पछि एक्सेलको यो महत्वकान्क्षी फिल्म हो । व्यानरको फिल्म ‘तूफान’ प्रदर्शनको क्रममा छ ।

२०२१ मा रिलिज हुने यस फिल्मलाई गुर्म्मीत सिंहले निर्देशन गर्नेछन् । फिल्ममा रवि शंकरण र जस्विन्दर सिंह बथको लेखन रहेको छ ।

तीन कलाकार कट्रिना, इशान र सिद्धान्तलाई एक साथ पर्दामा देख्न रोचक हुने अनुमान गरिएको छ । फस्टलुकमा यी कलाकारहरु फन्नी मुद्रामा देखिएका छन् ।

कट्रिना अभिनित ‘सूर्यवंशी’ यस वर्षको दिपावलीमा रिलिज हुँदैछ । यस्तै इशानको ‘अ स्विटेबल व्वाय’ पोस्ट-प्रोडक्सन र ‘खालिपीली’ छायांकनरत छ । भने, सिद्धान्तको ‘बन्टी और बब्ली २’ छायांकनको चरणमा छ ।

प्रतिक्रिया दिनुहोस्