हाम्रो फिल्म क्षेत्र कहिलेदेखि खुल्ने ?



कोरोना महामारीले निम्त्याएको लकडाउनले गर्दा नेपाली फिल्म क्षेत्र विगत ११९ दिनदेखि ठप्प छ । कोरोनाको जोखिम बिस्तारै कम हुँदै गर्दा सरकारले एक-एक गर्दै बिभिन्न क्षेत्रको लकडाउन हटाउदै गएको छ ।

लकडाउन खुकुलो हुँदै गएपछि केहि क्षेत्रले राहतको सास फरेका छन् । तर, कोरोना अति प्रभावित फिल्म क्षेत्र भने कहिले खुल्ने टुंगो नै छैन । लकडाउनको समयमा नेपाली फिल्म क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर चासो देखाइरहेका निर्माता तथा हल संचालक प्रदीप कुमार उदयले सरकारलाई ‘हल कहिले खुल्ने ?’ भनेर प्रश्न गरेका छन् ।

उनि फेसबुकमा लेख्छन, ‘बजार खुले, यातायात खुले, राष्ट्रिय-अन्तर्राष्ट्रीय हवाई सेवा भाद्र १ बाट खुल्ने निर्णय भएछ । चलचित्र क्षेत्र आज निर्णय गरेर भोली खुल्ने अवस्था रहदैन ।
सरकार, हाम्रो चलचित्र क्षेत्र कहिलेदेखि खुल्ने हो ? निर्णय गर ।’

मंगलबारदेखि सरकारले ११९ दिने लकडाउन अन्त्य भएको घोषणा गरेको छ । यस्तै साउन १५ देखि होटल र भदौ १ गतेदेखि लामो दुरीका सार्वजनिक यातायात पनि घोषणा गरेको छ ।

निर्माता उदयको मात्र होइन अहिले हरेक फिल्मकर्मीको अहिले एउटै प्रश्न छ ‘सरकार हाम्रो सिने क्षेत्र कहिले खुल्ने ?’

प्रतिक्रिया दिनुहोस्