बन्ने भयो ‘प्रसाद’को प्रिक्वेल



रंगखबर, काठमाडौँ – दुई वर्ष अगाडीको सफल फिल्म ‘प्रसाद’को प्रिक्वेल निर्माण हुने भएको छ । लेखक सुशील पौडेलले ‘प्रसाद २’को स्क्रिप्ट लेखिरहेका छन् ।


फिल्मको लागि निर्देशक सौरभ चौधरी फाइनल गरिएको लेखक पौडेलले बताएका छन् । उनको जानकारी अनुसार सिनेमा अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ यथावत रहनेछन ।

नि:सन्तान दम्पति र जातीय विभेदको कथा बुनेको ‘प्रसाद’मा विपिन र नम्रतासँगै निश्चल बस्नेतको पनि मुख्य भूमिका थियो । ‘प्रसाद’ निर्माण गरेका सुभाष थापाले नै यसको प्रिक्वेल निर्माण गर्नेछन् ।

कोरोना महामारी साम्य भएपछी फिल्मको छायांकन सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्