राजेशको परिवारमा शोक, भाई राकेशको दिल्लीमा निधन



रंगखबर, काठमाडौँ – अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । उपचारका क्रममा दिल्लीस्थित ह्याम्स अस्पतालमा उनको निधन भएको हो ।

लिभरमा समस्या देखिएपछि केहि दिन अगाडी मात्रै राकेशलाई चार्टर उडान मार्फत दिल्ली पुर्याइएको थियो । तर, राजेश भन्दा डेढ वर्ष कान्छा राकेशले दिल्ली मै अन्तिम सास लिए ।

काठमाडौँको कपूरधारास्थित घरमा राजेश दम्पति र राकेश सपरिवार बस्दै आएका थिए । राकेशका एक पत्नी र दुई जना सन्तान छन् । अहिले हमाल निवासमा नजिकका आफन्तहरुको घुइँचो लागेको छ ।

राजेश फिल्म क्षेत्रसँग आवद्द भएपनि राकेश भने यो क्षेत्र भन्दा बाहिरका थिए । राकेशको पार्थिव शरीर अन्तेष्टिका लागि काठमाडौँ ल्याइदैछ ।

प्रतिक्रिया दिनुहोस्