आफु कोरोना मुक्त भएको खबरलाई अमिताभले भने ‘गम्भीर झुट’



रंगखबर, काठमाडौँ – कोरोना संक्रमण देखिएपछि मुम्बई नानावटी अस्पतालमा आइसोलेटेड भएका बलिउड अभिनेता अमिताभ बच्चनले आफु कोरोना मुक्त भएको खबर गलत भएको पुष्टि गरेका छन् ।

उनले आफ्नो ट्वीटर अकाउन्ट मार्फत यो खबर गम्भीर झुट भएको ट्वीट गरेका हुन् । टाइम्स नाउको भिडियो शेयर गर्दै उनि लेख्छन, ‘यो खबर गलत, गैरजिम्मेवार, फर्जी र गम्भीर झुट हो ।’

 

केहि भारतीय संचारमाध्यमले अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको र अस्पतालबाट छिट्टै डिस्चार्ज हुने खबर सम्प्रेषण गरेका थिए ।

गत ११ जुलाईमा अमिताभसँगै छोरा अभिषेक बच्चनमा पनि कोरोना संक्रमण देखिएको थियो । साथै, त्यसको भोलिपल्ट अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनमा संक्रमण पुष्टि भएको थियो । अहिले चारै जनाको उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्