इटालीमा नेपाली निर्देशकको फिल्म पुरस्कृत



पछिल्लो समय अन्तर्राष्ट्रिय मंचमा नेपाली फिल्महरुले पनि प्रभाव जमाउन थालेका छन् । केहि दिन अगाडी मात्रै निर्देशक मिन बहादुर भामको स्क्रिप्ट ‘चिसो वर्ष’लाई ‘टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याब’ले १ करोड ३ लाखको पुरस्कार दिएको थियो ।

Dhan Maya Gurung appears in Song of Clouds by Ankit Poudel, an official selection of the Shorts Programs at the 2020 Sundance Film Festival. Courtesy of Sundance Institute.
All photos are copyrighted and may be used by press only for the purpose of news or editorial coverage of Sundance Institute programs. Photos must be accompanied by a credit to the photographer and/or ‘Courtesy of Sundance Institute.’ Unauthorized use, alteration, reproduction or sale of logos and/or photos is strictly prohibited.

१२ पुन्टो ल्याबले वर्षेनी उत्कृष्ट स्क्रिप्टलाई पुरस्कृत गर्दै आइरहेको छ ।

यसैबीच इटालीमा आयोजित ‘एसोलो आर्ट फिल्म फेस्टिभल’मा अङ्कित पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ दि क्लाउड’ले पनि पुरस्कार जितेको छ । मृत्युपछिको जीवन कल्पनामा तयार फिल्मले आर्ट फिल्म विधातर्फ ५ सय युरोसहितको पुरस्कार जितेको हो ।

नेपालको अस्कर कलेजबाट फिल्म निर्माणमा स्नातक गरेका पौडेलको यो फिल्म सनडान्स फिल्म फेस्टिभलमा पनि प्रिमियर भैसकेको छ । त्यसयता अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्ट जस्ता फेस्टिभलमा फिल्मले सहभागिता जनाइसकेको छ ।

यस्तै ‘सङ अफ दि क्लाउड’ले वर्ल्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितिसकेको छ ।

२० भन्दा बढी प्रोजेक्टमा छायांकारको रुपमा काम गरिसकेका पौडेलको यो निर्देशकीय डेब्यु फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्