नेतालाई झटारो हान्ने हरिवंशको गाइजात्रा गीत ‘तिमि के को जान्ने ?’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – वरिष्ठ कलाकार हरिवंश आचार्यले नयाँ गाइजात्रै गीत ‘तिमि के को जान्ने’ सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर समावेश गीतमा हरिवंशले नेपालका राजनीतिज्ञहरुलाई व्यंग गरेका छन् ।

आफु मात्रै जान्ने, सुन्ने अरुलाई केहि नमान्ने नेता र उसको चाकडी गरेर हिन्ने कार्यकर्ताहरुलाई गीतले झटारो हान्छ । नेपालका नेताहरु काम भन्दापनि बोलि र पैसाको पछि लाग्ने कुरामा पनि गीतले व्यंग्य हानेको छ ।

पछिल्लो समय बजारमा आइरहेका गाइजात्रा विशेष सामाग्री भन्दा यो गीत पृथक लाग्छ । सागरराज शर्माले निर्देशन गरेको भिडियो कन्सेप्ट शशीकिरणको हो ।

गीतमा हरिवंशसँगै शशीकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, शुष्मा कार्की, धनराम मुस्कान, जयराम कार्की, गोविन्द दुलाललगायतका कलाकारले अभिनय गरेका छन् ।

हरि हुमागाईंले खिचेको भिडियोमा सुशील न्यौपानेको सम्पादन र भिएफएक्स छ ।

प्रतिक्रिया दिनुहोस्