गोपालजंगको ‘भत्ता पचाउन’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – लोकदोहरी गायक गोपालजंग थापाले नयाँ गीत ‘भत्ता पचाउन’ सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतना तयार गरेको गीतमा थापाले गायकीमा तृप्ति खड्काको साथ पाएका छन् ।

देशमा मौलाइरहेको भ्रष्टाचार, सिमा असुरक्षा, बेतिथीलगायतका विषयलाई गीतको शब्द मार्फत वर्णन गरिएको छ । सरकारी जागिरमा हुने र देश चलाउने नेताहरु मात्र भत्ता पचाउनका लागि पदमा रहेको गीतको भाव छ ।

चित्रकला बुढा थापाले निर्देशन गरेको गीतको भिडियोमा हेमराज अधिकारी, भिमेष रिमाल र स्वयम् निर्देशक चित्रकलाले अभिनय गरेका छन् ।

गायक थापाले आगामी दिनमा पनि देशको समसामयिक विषयलाई समेटेर नयाँ गीत बजारमा ल्याउने दावी गरेका छन् । उनले ‘नेपालका नेता’, ‘क्या राम्रो छैन नि साँफेबगर’, ‘बर-पिपल छायाँले’, ‘धेरै भए फटाहा जाली’, ‘नाँच्ने बुढी चाहियो’लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्