‘प्रेमगीत ३’ रिलिज नहुँदै मनिषको हातमा नयाँ फिल्म



रंगखबर, काठमाडौँ – डेब्यु फिल्म ‘प्रेमगीत ३’ रिलिज नहुँदै अभिनेता मनिष राउत नयाँ फिल्ममा अनुबन्धित भएका छन् । क्लोथिङ ब्राण्ड ‘डक्टर डेनिम’ले बनाउन लागेको एक लभस्टोरी फिल्ममा राउत अनुबन्धित भएका हुन् । फिल्मको शिर्षक भने तय भैसकेको छैन ।

आगामी वर्ष रिलिजको तयारीसहित डेनिमले पहिलो पटक फिल्ममा लगानी गर्न लागेको हो । अभिनेत्री तय नभएको फिल्ममा डेनिमका सिइओ निलुस गौतम निर्माताको रुपमा रहनेछन । ‘डक्टर डेनिम’ ब्राण्डलाई प्रस्तुतकर्ताको रुपमा राखिनेछ ।

नेपाल, जर्मनी र भारतको गोवामा छायांकन गरिने फिल्मको स्क्रिप्ट तयार भैसकेको बताइएको छ । फिल्मका अन्य कास्ट एण्ड क्रु भने फाइनल हुन् बाँकी छन् ।

अभिनेता राउत ‘डक्टर डेनिम’का ब्राण्ड एम्बेसडर पनि हुन् । उनकै लोकप्रियताका कारण डेनिम बजारमा स्थापित भएको यो ब्राण्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्