‘नागिन ५’को ट्रेलर रिलिज, यी हुन नयाँ नागिन



रंगखबर, काठमाडौँ – टेलिभिजनको लोकप्रिय शो ‘नागिन ४’ अन्तिम चरणमा छ । केहि सातामा यो सिजनको अन्त्य हुनेछ । यस्तोमा निर्मात्री एकता कपूरले चौथों सिजन सुरु हुनु भन्दा पहिले नै ‘नागिन ५’ घोषणा गरिसकेकी छन् ।

‘नागिन ५’को आधिकारिक घोषणा भएसँगै शोमा कुन अभिनेत्री मुख्य भूमिकामा हुन्छिन भन्ने दर्शकमा कौतुहलता थियो । शोको ट्रेलर रिलिजसँगै मुख्य अभिनेत्रीको खुलासा भएको छ ।

‘नगिन ५’को ट्रेलरमा टेलिभिजन फेम्ड हिना खान मुख्य भूमिकामा देखिएकी छन् । उनको देसी अवतारले दर्शकको मन जित्छ । यसअघि सार्वजनिक गरिएको फस्टलुक पोस्टरमा हिनाको केहि झलक समेटिएको थियो ।

लकडाउनका कारण ‘नागिन ४’ छिट्टै क्लाइमेक्स तर्फ धकेलिएको छ । २५ र २६ जुलाईको यो सिरियलको क्लाइमेक्स देखाएसँगै शो सकिनेछ ।

हेर्नुहोस ट्रेलर:-

 

 

View this post on Instagram

 

Khulenge barso puraane raaz aur saamne aayega sabse balshaali Naagin ka chehera! #Naagin5 jald hi, sirf #Colors par. @realhinakhan

A post shared by Colors TV (@colorstv) on

प्रतिक्रिया दिनुहोस्