पाइलट ‘गुञ्जन सक्सेना’ भूमिकामा जान्ह्वी कपूर ~ ट्रेलर ~



जान्ह्वी कपूर स्टारर फिल्म ‘गुञ्जन सक्सेना: द कार्गिल गर्ल’को ट्रेलर रिलिज भएको छ । भारतीय वायुसेना उडानकी प्रथम महिला पाइलट गुञ्जन सक्सेनाको भूमिका जान्ह्वीले निर्वाह गरेकी छन् ।

पहिलो पटक पाइलट हुँदाको संघर्ष, महिलालाई हेर्ने दृष्टिकोण र सुबिधाका विषयलाई ट्रेलरमा हाइलाइट्स गरिएको छ । गुञ्जन सक्सेनाको भूमिकामा जान्ह्वी फिट देखिएकी छन् ।

डेब्यु ‘धडक’पछि जान्ह्वीको यो पहिलो फिल्म हो । यसअघि नेटफ्लिक्सको ‘घोस्ट स्टोरिज’मा पनि उनि देखिएकी थिइन् । तर, दुर्भाग्य नै भन्नुपर्छ उनको यो फिल्म पनि हामीले हलमा हेर्न पाउने छैनौँ । फिल्म १२ अगस्तमा नेटफ्लिक्सबाट वर्ल्ड प्रिमियर हुँदैछ ।

फिल्मको ट्रेलरमा सन् १९९९ को भारत-पाकिस्तान बीचको कार्गिल युद्धका दृश्यहरु पनि समेटिएको छ ।

शरण शर्माले निर्देशन गरेको फिल्म जान्ह्वीसँगै पंकज त्रिपाठी, अंगद बेदी, मानव भिज, विनीतकुमार सिंह, अयेशा राजालगायतका कलाकारको अभिनय छ ।

फिल्ममा करण जोहर, जी स्टुडियो, हिरू यस जोहर र अपूर्वा मेहताको लगानी छ । स्मरण रहोस जान्ह्वीका अघिल्ला दुई फिल्म पनि करणले नै निर्माण गरेका थिए । जो पटक-पटक ‘नेपोटिज्म’को मुद्धामा फस्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्