कोरोना मुक्त भए अमिताभ, भने ‘प्रार्थनाको लागि धन्यवाद’



बलिउड महानायक अमिताभ बच्चन कोरोना मुक्त भएका छन् । आफु कोरोना मुक्त भएको खबर उनले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

उनले आफु कोरोनासँग लड्दै गर्दा दर्शक तथा शुभचिन्तकले देखाएको प्रेम र प्रार्थनाको लागि धन्यवाद व्यक्त गरेका छन् ।

आइतबार बिहान कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनि अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी लेख्छन, ‘म घर फर्किसकेको छु । अब मलाई मेरो क्वारेन्टाइन कोठामा एक्लिनु पर्नेछ ।’

जुलाई ११ मा अमिताभ र  अभिषेक बच्चनमा कोरोना संक्रमण देखिएपछि दुवै जना मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका थिए ।

करिब २३ दिनको उपचारपछि अमिताभले कोरोना जित्न सफल भएका हुन् । यस्तै अभिषेक बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आइसकेको छैन ।

केहि दिन अगाडी अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनपनि कोरोना मुक्त भएका थिए । अमिताभ र अभिषेकमा संक्रमण देखिएको १ दिन पछाडी ऐश्वर्या र आराध्यालाई पनि संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्