भुवन केसीलाई ‘सपनाको महानायक’ भनेपछि फ्यानको निसानामा नीरुता सिंह



रंगखबर, काठमाडौँ – अभिनेता भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेपछि अभिनेत्री नीरुता सिंह फ्यानको निसानामा परेकी छन् ।

‘महानायक बहस’ सेलाउदै गर्दा उनले भुवनसँगका पुराना किस्सा कोट्याएर लेखेको स्टाटसले उनलाई विवादमा तानेको हो । उनले आफ्नो स्टाटसमा बच्चै बेलादेखि भुवनका फिल्म हेर्ने र भुवनकै फ्यान भएको उल्लेख गर्दै, पहिलो फिल्म नै ‘आफ्नो सपनाको महानायक भुवन’सँग खेल्न पाएको कुरा स्मरण गरेकी छन् ।

आफ्नो रियल हिरो भुवन नै रहेको बताउने नीरुताले भुवनले दिएको साथ र सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरेकी छन् ।

यो स्टाटसपछि फ्यानहरुले उनलाई फिल्म पाउनलाई भुवनको चम्चागिरी गरेकोसमेत आरोप लगाएका छन् । यस्तै महानायक उपाधि भुवन केसीको नामको अगाडी जोडिदा फ्यानहरु आक्रोशित बनेका छन् ।

लामो समय फिल्म क्षेत्रमा एकक्षत्र राज गरेकी नीरुता अहिले मुम्बईमा बस्दै आएकी छन् । ‘नाइँ नभन्नु ल ५’बाट नेपाली फिल्ममा कमव्याक गरेकी नीरुताले ‘दाल भात तरकारी’मा अभिनय गरेकी थिइन् ।

नीरुताको स्टाटस:-

प्रतिक्रिया दिनुहोस्