प्रकाश सपुतको ‘बदला बरिलै’ सार्वजनिक, एकपटक हेरौँ मन जित्नेछ



रंगखबर, काठमाडौँ – अहिलेका लोकप्रिय गायक प्रकाश सपुतले नयाँ गीत ‘बदला बरिलै’ सार्वजनिक गरेका छन् । देवी घर्तिको एकल स्वर सजित गीतले बलात्कारको विषय प्रस्तुत गरेको छ ।प्रकाशकै शब्द तथा संगीतमा तयार गीतले नेपालमा हुने बलात्कार र शक्तिको आडमा उम्किने अपराधिले कुनै न कुनै रुपमा सजाय पाउँछ भन्ने भाव बोकेको छ ।

१५ मिनेट २ सेकेण्ड लामो गीतको भिडियो मार्मिक बनेको छ । प्रकाशकै कन्सेप्ट र निर्देशनमा तयार भिडियोमा केकी अधिकारी, ध्रुव कोइराला, हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराललगायतका कलाकारले अभिनय गरेका छन् ।

अनिलकृष्ण मानन्धरले खिचेको गीतमा प्रविण भट्टको सम्पादन छ ।

समसामयिक विषयमा पछिल्लो समय छ्यापछ्याप्ती म्युजिक भिडियो तयार भैरहेका छन् । तर, बिरलै गीतले दर्शकको मन जितेका छन् । शब्द, संगीत, अभिनय र प्रस्तुतीकरणमा अब्बल देखिएको यो गीत गायक प्रकाश सपुतको करिअरमा कोशेढुंगा सावित हुनेमा दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्