प्रकाश सपुतको ‘बदला बरिलै’ ट्रेन्डिङको शिर्ष स्थानमा ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । बलात्कारको विषयमा बनेको यो गीतलाई अहिले सर्वाधिक रुचाइएको छ ।

प्रकाशकै शब्द र संगीत रहेको गीतको शब्द, संगीत, अभिनय र प्रस्तुतीकरणमा दर्शकले मुक्तकण्ठाले प्रशंसा गरेका छन् । रिलिज भएको दुई दिन मै १० लाख नजिक भ्युज पाइसकेको गीतलाई ७६ हजार लाइक्स मिलेको छ । यस्तै गीतमा ९ हजार बढी सकारात्मक कमेन्ट बर्सिएका छन् ।

केकी अधिकारी, ध्रुव कोइराला, हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतमलगायतले अभिनय गरेको गीतले अहिले चौतर्फी तारिफ बटुलिरहेको छ ।

देवी घर्तिको एकल स्वर सजित गीतले नेपालमा हुने बलात्कार र शक्तिको आडमा उम्किने अपराधिले कुनै न कुनै रुपमा सजाय पाउँछ भन्ने भाव बोकेको छ ।

अनिलकृष्ण मानन्धरले खिचेको गीतमा प्रविण भट्टको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्