अमृत र टिकाको ‘चेलीको वेदना’ सार्वजनिक



रंगखबर, काठमाडौँ :  लोकप्रिय लोक गायक अमृत सापकोटा र गायिका टिका सानुको तिज गीत ‘चेलिको बेदना’ सार्वजनिक भएको छ। तीज नजिकिदै गर्दा चेली र माइतीको मार्मिक कथालाई गीतमा प्रस्तुत गर्न खोजिएको छ। घरेलु हिंशामा परेकी एक चेली जो तीज जस्तो महान चाडमा आफ्नो जन्म घर जान असमर्थ हुन्छिन। गीतमा देखाए जस्तै नेपालका कतिपय ठाउँमा अझै पनि  चेली तीजमा आफ्नो जन्म घर चाहेर पनि जान सक्दिनन जुन गीतमा प्रष्ट देखिन्छ।

गौतम पोख्रेलको शब्द शृजना रहेको गीतम अमित बाबु रोकायको लय शृजना रहेको छ भने भिडियोमा धुर्व हिमाली, प्रेम खड्का  र टिका सानुको अभिनय रहेको छ। गीतलाई हिमाली आफैले निर्देशन गरेका हुन्।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्