‘डुप्लिकेट माया’मा नाजिर, आँचल र सागरको ओर्जिनल ठुम्का ~ भिडियो ~



रंगखबर, काठमाडौँ – नाजिर हुसेन, आँचल शर्मा र सागर लम्साल अभिनित गीत ‘डुप्लिकेट माया’ सार्वजनिक भएको छ । डान्सिङ मूडको गीतमा तीन कलाकारले जमेर नृत्य पस्केका छन् ।

पुरानो गेटअपमा कलाकारको केमेस्ट्री मज्जाले जमेको छ । सन्तोष सुनारको संगीतमा तयार गीतमा कृष्ण कार्की र अप्सरा घिमिरेले स्वर दिएका छन् । शब्द रचना टुरिस्टजंग बिकेको हो ।

ग्राण्ड क्यानभासमा तयार गीतको भिडियो निर्देशन मनोज बस्नेतले गरेका छन् । भने, राजीव समरले कोरियोग्राफी ।

रुबल बस्नेतले निर्माण गरेको म्युजिक भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्