संचारकर्मी शारदाले ल्याइन ‘तीजको लहर’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – तीज यस्तो पर्व हो, जसले विश्वभरका हिन्दु धर्मालम्बी नेपाली महिलाहरुलाई एकजुट बनाउने गर्छ । वर्षभरिका पिडाहरु भुलेर एक-अर्कामा खुसि साट्ने यो पर्वमा नरमाउने महिला कमै मात्र होलान ।

यस्तै कला क्षेत्रमा संचारकर्मीको रुपमा लामो वर्षदेखि कार्यरत शारदा थापालाई प्रत्येक साल तीजले छुन्छ । वर्षभरि राष्ट्रको चौथों अंगको रुपमा काम गरिरहने शारदा तीजको मौकामा नयाँ गीत लिएर दर्शक माँझ पुग्छिन ।

उनले यो साल ‘तीजको लहर’ बोलको गीत सार्वजनिक गरेकी छन् । आफ्नै स्वरमा तयार गीतमा शारदा आफैले कम्मर मर्काएकी पनि छन् ।

जीवा प्याकुरेलको शब्द, संजय श्रीपालको एरेञ्ज रहेको गीतमा जया देवकोटाको संगीत छ । मदन खड्काको निर्देशन रहेको गीतको भिडियोमा बिरेन्द्र भट्टको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्