अनमोल र उपासना कोरोनाको जोखिममा, लिइयो स्वाब



रंगखबर, काठमाडौँ – कन्ट्याक्ट ट्रेसिङमा परेपछि अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको छ ।

केहि दिन अगाडी अनमोल र उपासनाले यामाहाको एक स्कुटरको विज्ञापन सुट गरेका थिए । त्यहि फोटोसुटका एक महिलामा कोरोना संक्रमण देखिएपछि दुवै जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

स्वाब संकलन भएपनि दुवैको रिपोर्ट भने आइसकेको छैन । अहिले दुवै जना होम क्वारेन्टाइनमा छन् । र, परिवार र समाजसँग दुरी बनाएको पनि बताएका छन् ।

लकडाउन खुकुलो भएसँगै देशैभर कोरोना समुदायस्तरमा फैलिएको छ । कोरोना फैलिएसँगै सरकार दोस्रो चरण लकडाउनको तयारीमा छ ।

अहिलेसम्म मुलुकभर कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । यस्तै कोरोनाका कारण ७० जनाको मृत्यु भएको छ । भने, १५ हजार ८१४ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्