‘भरिया’को जीवन जिउँदै विपिन ~ भिडियो ~



रंगखबर, काठमाडौँ – विपिन कार्कीको अभिनयका प्रशंसकहरुका लागि खुसिको खबर छ । लकडाउनले गर्दा फिल्म रिलिज नभएपनि विपिनले अभिनय गरेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा विपिनको अभिनय फेरी एकपटक मन जित्छ । आफुले पाएको भूमिकामा ज्यान दिने विपिनले गीतमा एक भरियाको भूमिका निर्वाह गरेका छन् । विहान र बेलुकाको छाक टार्न मुस्किल पर्ने भरियाले कोरोनाको लकडाउनले राम्ररी बाच्न दिएको छैन ।

यो गीत समयसापेक्ष पनि लाग्छ । हरि लम्सालको संगीत र एरेञ्ज रहेको गीतमा सन्तोष लामाले स्वर दिएका छन् । गीतको शब्द रचना नारायण गौतमको हो ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा विपिनसँगै लोकमणि सापकोटा र श्रावाणी थापाको पनि अभिनय छ ।

गीतको भिडियोमा हरि हुमागाईंको छायांकन र विकाश धमलाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्