पल र उषाको ‘माया गरौँला’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – लकडाउनपछि म्युजिक भिडियोमा सर्वाधिक व्यस्त भएका कलाकार पल शाह हुन् । यो बीचमा उनका थुप्रै म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् ।

यस्तै उनको पछिल्लो म्युजिक भिडियो ‘माया गरौँला’ पनि सार्वजनिक भएको छ । सरोज ओलीको निर्देशनमा बनेको म्युजिक भिडियोमा पलसहित उषा उप्रेती, सुधिर श्रेष्ठ र सुनिषा बजगाईं फिचर्ड छन् ।

रमाइलो गीतमा कृष्ण भारद्वाजको संगीत, दिनेश थपलिया शब्द र सरोज ओली/अस्मिता अधिकारीको स्वर छ ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायांकन र अमन मानन्धरको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्