दुई कलाकारलाई ‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनको सम्मान



‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘हरिश भुवन चन्द पुरस्कार’ र ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’ वितरण गरेको छ । फाउन्डेसनले नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’ र चरित्र अभिनेत्री शकुन्तला शर्मालाई ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’बाट सम्मान गरेको हो । दुवै पुरस्कार ५१ हजार राशीका हुन् ।

५ दशकदेखि अनवरत रुपमा नेपाली फिल्म र रंगमंचमा योगदान दिएकी रंगकर्मी तथा चरित्र अभिनेत्री शकुन्तलाले ‘बदलिदो आकाश’, ‘बासुदेव’, ‘मायाप्रिती’, ‘चेलीबेटी’, ‘चोखो माया’, ‘सन्तान थरिथरिका’, ‘जीवनरेखा’, ‘मेरो लभस्टोरी’, ‘क्लासिक’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।

नृत्य निर्देशक भैरवबहादुर थापाले रंगमन्च र नृत्य निर्देशनको क्षेत्रमा लामो समय योगदान दिएका छन् । फिल्म ‘मनको बाँध’मा अभिनय र साउण्ड डिजाइनरको कामसमेत गरेका थापाले ‘पच्चीस बसन्त’मा नृत्य निर्देशन र गीतकारको रुपमा काम गरेका थिए ।

कोरोना महामारीका कारण सामान्य रुपमै सामाजिक दुरी अपनाएर आयोजना गरिएका दुई छुट्टाछुट्टै कार्यक्रममा वरिष्ठ अभिनेत्रीद्वय भुवन चन्द, चैत्यदेवी सिंह, बसुन्धरा भुषालसहित निर्देशक सम्झना उप्रेती रौनियार, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला र कलाकार हरिहर शर्मा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्