‘रजतपट’ प्रस्तोता विरुद्द पूजाको उजुरी, रुँदै भन्छिन ‘अब त सहन सकिन’



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माले प्रस्तोता प्रकाश सुवेदीविरुद्द कलाकार संघमा उजुरी दिएकी छन् । उनले राष्ट्रिय टेलिभिजन मार्फत आफुलाई पटक-पटक ह्यारेसमेन्ट भएको भन्दै उजुरी दिएकी हुन् ।

‘मान्छेलाई ह्यारेसमेन्ट गर्न बलात्कार नै गर्नुपर्छ भन्ने छैन । उहाँले मलाई हेरेक एपिसोडमा गिराएर बोलिरहनु भएको छ । धेरै भयो अब त सहन सकिन् । आज आफुलाई परेपनि भोलिका दिनमा यस्तो किसिम ह्यारेसमेन्ट कसैलाई पनि नहोस भनेर उजुरी दिएकी हूँ ।’ पूजाले रुँदै भनिन ।

उनले कलाकार संघलगायत चलचित्र पत्रकार संघ, नेपाल र एपीवान टेलिभिजनमा उजुरी दिएकी छन् । साथै, उनले प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, र चलचित्र विकास बोर्डमा पनि उजुरी दिने बताइन ।

कुनै पनि कलाकारले दर्शकको ट्याग महत्वपूर्ण रहने भन्दै पूजाले आफुलाई साथ दिने संचारकर्मी, दर्शक र फिल्मकर्मीहरुप्रति धन्यवाद ज्ञापन गरेकी छन् ।

संचारकर्मी सुवेदीले एपीवान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा पूजाको शारीरिक बनोटको धज्जी उडाउदै भनेका थिए । ‘अन्तर्वार्ता दिने पनि आफै, बोल्ने पनि आफै, नआउने पनि आफैलाई । हामीले चाइ लिएको अन्तर्वार्ता काट्दिनु पर्ने, सम्पादन गर्दिनुपर्ने । त्यो पनि मिलाई मिलाई । महानायिका बनाइदिनु पर्ने, त्यो पनि दारा निस्किएको अनुहारलाई ।’

प्रतिक्रिया दिनुहोस्