पूजाले उजुरी दिएपछि प्रस्तोता प्रकाश सुवेदीले हात जोडेर मागे माफी



चौतर्फी आलोचना थेगेपछि ‘पत्रकार प्रकाश सुवेदीले  अन्तत: माफी मागेका छन् । आफ्नो कार्यक्रमबाटै उनले भनेका छन् ‘शब्द चयनमा म चुकेकै हो । हजार पटक होइन लाख पटक नै माफी माग्छु ।’

उनि अगाडी भन्छन ‘कार्यक्रममा लक्षित गरिएका मेरा भावनाहरु व्यक्ति विशेष थिएनन् । प्रतीकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । हो मेरो भन्ने शैली अलि फरक भयो होला । मैले भन्न खोजेको कुराको अर्थको अनर्थ लाग्न गयो होला । त्यसक्रममा जुन ‘दारा’ भन्ने शब्द मेरो मुखबाट फुत्किएको छ । त्यो वास्तवमा फुत्किनु हुदैनथ्यो । गल्ति भयो । भविश्यमा शब्द चयन गर्दा अवश्य पनि ध्यान पुर्याउने छु ।’

‘राष्ट्रिय टेलिभिजनमा उक्त शब्द किमार्थ उच्चारण गर्न हुदैनथ्यो । फेरि पनि भन्छु, एक पटक होइन सय पटक भन्छु । सय पटकले पनि यहाँहरुलाई चित्त बुझ्दैन भने हजार पटक भन्छु । त्यतिले पनि पुग्दैन भने लाख पटक भन्छु । गल्ति भएकै हो । म चुकेको हो । मैले माफी माग्नै पर्छ । अगाडी यहाँहरु मर्जी ।’ उनले हात जोड्दै माफी माग्छन ।

केहि दिन अगाडी उनले कलाकारहरुलाई  लक्षित गर्दै ‘दारे’ भन्ने शब्द प्रयोग गरेका थिए । जुन प्रस्तुतिको चौतर्फी विरोध भएको थियो ।

आइतबार पूजाले आफुलाई पटक-पटक ह्यारेसमेन्ट गरेको भन्दै चलचित्र कलाकार संघ, चलचित्र पत्रकार संघ र एपीवान टेलिभिजनमा उजुरी दिएकी थिइन् । उनको उजुरी पश्चात सुवेदीले युट्युबमा भिडियो अपलोड गर्दै माफी मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्