श्वासप्रश्वासमा समस्या देखिएपछि संजय दत्त अस्पताल भर्ना



रंगखबर, काठमाडौँ – श्वासप्रश्वासमा समस्या देखिएपछि अभिनेता संजय दत्त अस्पताल भर्ना भएका छन् । ६१ वर्षिया दत्त अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचारत छन् ।

उनको कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएको छ । संजयले आफु अहिले ठिक रहेको बताएका छन् । उनि डाक्टरको राम्रो निगरानीमा छन् ।

उनकी बहिनि पुर्व सांसद प्रिया भन्छिन, ‘उनलाई नियमित चेक-अपको लागि साँझ ४-५ बजे लीलावती अस्पतालमा भर्ना गरिएको छ । उनलाई सास लिन गाह्रो भैरहेको थियो । उनमा कोरोना संक्रमण देखिएको छैन । सोमबारसम्म डिस्चार्ज हुन् सक्छन ।’

संजयका दुई सिनेमा ‘सडक २’ र ‘भुज: द प्राइड अफ इन्डिया’ डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्