कंगनाले रनबिरलाई ‘रेपिस्ट’ र दीपिकालाई ‘पागल बोक्सी’ भनिन



रंगखबर, काठमाडौँ – सुशान्त सिंह राजपुतको आत्महत्यापछि अभिनेत्री कंगना रनाउत बलिउडकर्मी विरूद ज्यान फालेर लागिपरेकी छन् । उनि ‘नेपोटिज्म’ विरुद्दको आडमा टेकेर प्रत्येक दिन नयाँ बलिउडकर्मीलाई निसानामा परिरहेकी छन् ।

उनको पछिल्लो निसानामा रनबिर कपूर र दीपिका पादुकोण परेका छन् । कंगनाले रनबिरलाई ‘रेपिस्ट’ र दीपिकालाई पागलसम्म भन्न भ्याएकी छन् ।

उनि लेख्छिन, ‘रनबिर एक सिरियल चेजर (स्त्री लम्पट) हो । कसैको हिम्मत छैन कि उसलाई ‘रेपिस्ट’ भनेर बोलाउने । दीपिका एक सो-घोषित मानसिक रोगकी बिरामी हुन् । तर, उनलाई कसैले साइको वा बोक्सी भन्न सक्दैनन् । यस्ता नामले केवल ‘आउटसाइडर’ कलाकारलाई मात्र बोलाइन्छ । जो राम्रो घराना र सानो शहरबाट आएका हुन्छन ।’

 

एक ट्वीटर प्रयोगकर्ताले रनबिरका फ्लप सिनेमाको सुची ट्वीट गरेपछि कंगनाले रिट्विट गर्दै यस्तो जवाफ दिएकी हुन् ।

आयुषमान खुराना, अनन्या पाण्डे, आलिया भट्ट, तापसी पन्नु, स्वरा भास्कर जस्ता कलाकारलाई कंगनाले ‘नेपोटिज्म’को आरोप लगाइसकेकी छन् । उनी सुशान्तको मृत्युको कारण बलिउडमा व्याप्त ‘नेपोटिज्म’ र करण जोहर, आदित्य चोपडा र महेश भट्टलाई मान्छिन ।

प्रतिक्रिया दिनुहोस्